एकाइ -१ पाठ -१ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध (Class -12 Social Unit -1 lesson -1 Exercise by Rajiv Ghimire)

Exercise of Class -12 Social Unit -1 lesson -1

Class -12 Social Unit -1 lesson -1 Exercise by Rajiv Ghimire

अभ्यास

तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्

(क). जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरु के कस्ता छन् ?

उत्तर : जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरु निम्नानुसार छन्:
-नैतिक मर्यादापूर्ण व्यवहार,
- प्रभावकारी सञ्चार गर्ने सिप,
- समूहमा काम गर्ने सिपको सिकाइ,
- सभ्य सामाजिक सम्बन्ध आदि ।

 (ख). जीवनोपयोगी सिपअन्तर्गत पर्ने छओटा मुख्य क्षेत्रहरु के के हुन्?

उत्तर : विश्व स्वास्थ्य सङ्गठनले सन् १९९९ मा जीवनोपयोगी सिपअन्तर्गत निमनानुसार छओटा मुख्य क्षेत्रहरु पहिचान गरेको छ :
१. सञ्चार र अन्तर्वैयक्तिक सिप
२. निर्णय गर्ने र समस्या समाधान सिप
३. सिर्जनात्मक र समलोचनात्मक सोचाइ सिप
४. आत्मजागरुकता र समानुभूति
५. दृढता र समभाव, वा आत्मनियन्त्रण
६. उत्थानशिलता र समस्यालाई सम्बोधन गर्ने क्षमता।

(ग). सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी अन्तरसम्बन्धित छन् ?

उत्तर : सामाजिक अध्ययन नागरिक सक्षमता विकास गर्नका लागि गरिने सामाजिक विज्ञानहरुको एकीकृत अध्ययन हो भने जीवनोपयोगी शिक्षा भनेको कुनै पनि व्यक्तिलाई अनुकूल र सकारात्मक व्यवहार गर्न,दैनिक जीवनका घटनाहरुँ र चुनौतीहरुको सामना गर्न र आधुनिकताको बारेमा परिचित गराई सक्षम बनाउन सिकाउने शिक्षा हो।
सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा अन्तरसम्बन्धित छन् । सामाजिक क्रियाकलापहरु तथा परियोजना कार्यहरु गर्दा पनि जीवनोपयोगी सिप हसिल हुन्छन् त्यस क्रममा समूहमा काम गर्ने, एकआपसमा कुराकानी गर्ने, सहकार्य गर्ने, सहयोग गर्ने, समस्या समाधान गर्ने एवम् सिर्जनात्मक कार्य गर्ने प्रशस्त अवसर प्राप्त हुन्छन्। त्यस्ता अवसरले विषयवस्तुको ज्ञान बढाउनुका साथै जीवनोपयोगी सिप पनि दिइरहेका हुन्छन् । सामाजिक अध्ययनले मानवका भौतिक, सामाजिक र राजनीतिक, साँस्कृतिक तथा आर्थिकलगायतका आयामहरुको ज्ञान गराउनुका साथसाथै जीवनोपयोगी शिक्षाअन्तर्गत पर्ने सिपहरुको सिकाइलाई पनि समावेश गरेको हुन्छ । जीवनोपयोगी शिक्षाको अध्ययनले व्यक्तिलाई समाजको सदस्यका रुपमा गर्नु पर्ने कर्तव्य र पाउनुपर्ने आधिकारबारे सचेत गराई त्यसका लागि आवश्यक सिपसमेत दिन्छ। जीवनोपयोगी शिक्षाले जीवनोपयोगी सिपसँगै सामाजिक अध्ययनका विषयवस्तुलाई पनि समावेश गरेको हुन्छ ।
यसरी सामाजिक अध्ययनले जीवनोपयोगी शिक्षाका लागि पनि मदत पुयाउँछ र जीवनोपयोगी शिक्षाको अध्ययनबाट सामाजिक अध्ययनका लागि उपयोगी विषयवस्तुको ज्ञान पनि हुन्छ त्यसैले सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा अन्तरसम्बन्धित छन् ।


समाप्त


© Rajiv Ghimire. All rights reserved. Distributed by ASThemesWorld