एकाइ -२ पाठ -१ अनुसन्धान परिचय (Class -12 Social Unit -2 Lesson -1 Exercise by Rajiv Ghimire)

Exercise of Class -12 Social Unit -2 lesson -1

एकाइ -२ जीवनोपयोगी सिपका रुपमा डिजिटल सिपहरु तथा सामान्यअनुसन्धान सिपहरु

पाठ -१ अनुसन्धान परिचय

Class -12 Social Unit -2 Lesson -1 Exercise by Rajiv Ghimire


अभ्याश

१. तलका प्रश्नहरुको उत्तर दिनुहोस् :

क) तथ्याङ्क भनेको के हो ? उदाहरण दिनुहोस् ।

उत्तर : तथ्याङ्क भनेको कुनै तथ्य वा शब्द, वाक्य, चित्र, सङ्केत विवरण हो । जस्तै: ५ किलोग्राम ( तौल ), १० मिटर ( लम्बाइ / चौडाइ), १००० रुपियाँ (आम्दानी / खर्च) आदि।

ख) अनुसन्धान भनेको के हो ?

उत्तर : कुनै एउटा घटना, क्षेत्र, स्थान, मुद्दा वा विषयवस्तुमा केन्द्रित रहेर तथ्याङ्क सङ्कलन, व्यवस्थापन र विश्लेषण गरी निष्कर्ष निकाल्ने कार्यलाई अनुसन्धान भनिन्छ ।

ग) तथ्याङ्कका स्रोतहरु कति प्रकारका छन् ?

उत्तर : तथ्याङ्कका स्रोतहरु प्राथमिक र द्वितीय गरी दुई प्रकारका छन् ।

घ) परिमाणत्मक तथ्याङ्क तथा गुणात्मक तथ्याङ्क उदाहरणसहित परिचय दिनुहोस् ।

उत्तर : तथ्याङ्क भनेको कुनै तथ्य वा शब्द, वाक्य, चित्र, सङ्केत विवरण हो । तथ्याङ्क दुई प्रकारका छन्

परिमाणत्मक तथ्याङ्क:
परिणात्मक तथ्याङ्क भनेको कुनै परिमाण, रकम वा दायरा बुझाउने तथ्याङ्क हो यस्ता तथ्याङ्कलाई सङ्ख्यामा
व्यक्त गर्न सकिन्छ । जस्तै : ५ किलोग्राम (तौल), मिटर (लम्बाइ / चौडाइ), १००० रुपियाँ (आम्दानी / खर्च ) आदि। परिमाणत्मक तथ्याङ्कको तथ्याङ्कशास्त्रीय विश्लेषण गर्न सकिन्छ ।

गुणात्मक तथ्याङ्क:
गुणात्मक तथ्याङ्कले गुणहरु वा विशेषताहरु दर्साउँछ । यसलाई अन्तर्वार्ता, प्रश्नावली वा अवलोकन
गरेर सङ्कलन गरिन्छ । यसलाई सङ्ख्यामा व्यक्त गर्न सकिँदैन । वस्तुको गुणस्तर, व्यक्तिको
अनुभव, व्यक्तिलाई मन पर्ने वा मन नपर्ने कुराहरूलाई तथ्याङ्कशास्त्रीय विश्लेषणमा प्रयोग गर्न
सकिँदैन ।

ङ) तथ्याङ्कका स्रोतहरु कति प्रकारका हुन्छन् ? उदाहरणसहित स्पष्ट पार्नुहोस् ।

उत्तर : तथ्याङ्कका स्रोतहरु प्राथमिक र द्वितीय गरी दुई प्रकारका छन् ।

अ) प्राथमिक स्रोत :
प्राथमिक स्रोतबाट वास्तविक तथ्याङ्क प्राप्त गरिन्छ । यसलाई अध्ययन गर्ने व्यक्ति वा समूहले आफैँले सङ्कलन गरेको हुन्छ । सर्भेक्षण अन्तर्वार्ता, क्षेत्रभ्रमण, अवलोकन आदि तथ्याङ्क सङ्कलन गर्ने प्राथमिक स्रोतहरु हुन् । प्राथमिक तथ्याङ्क सङ्कलन गर्ने कार्यमा बढी समय, परिश्रम र लगानी खर्च हुन्छ ।
आ) द्वितीय स्रोत :
अनुसन्धानकर्ताबाहेक अन्य व्यक्ति वा संस्थाले पहिले नै सङ्कलन गरेका हुन्छन् । यस्ता तथ्याङ्क प्रकाशित वा अप्रकाशित दुवै हुन सक्छन् । ती स्रोतहरुलाई तथ्याङ्कको द्वितीय स्रोत भनिन्छ । जनगणना, पुस्तक, पत्रपत्रिका, इन्टरनेट तथा अन्य सञ्चार माध्यम आदि तथ्याङ्कका द्वितीय स्रोतहरु हुन् । यस्ता स्रोतहरुबाट तथ्याङ्क सङ्कलन गर्न तुलनात्मक रुपमा सस्तो, सजिलो र छिटो हुन्छ ।


समाप्त


© Rajiv Ghimire. All rights reserved. Distributed by ASThemesWorld