
अभ्यास
तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्।
१. पूर्वीय चिन्तन परम्परा भन्नाले के बुझिन्छ ?
उत्तर :पूर्वीय दर्शन, धर्म, संस्कार, संस्कृति, सभ्यता, रीतिथिति कला आदिमा आधारित चिन्तन परम्परा पूर्वीय चिन्तन हो । पूर्वीय दर्शन संज्ञालाई सामान्यता एसियाका पूर्वी, दक्षिण पूर्वी र दक्षिणी भूभागमा उद्भव एवम् विकास भएका विविध दर्शनहरुलाई जनाउँछ । भौगोलिक दृष्टिकोणबाट पूर्वीय दर्शनअन्तर्गत भारतवर्षीय दर्शन, चिनियाँ दर्शन, कोरियाली दर्शन, जापानी दर्शन, भियतनामी दर्शन आदिको उल्लेख गरिन्छ । वेदका आधारित अनेकौं सम्प्रदायहरुको समिश्रणबाट आजको स्वरुपमा आइपुगेको हिन्दु धर्म एवम् दर्शन, बौद्ध धर्म एवम् दर्शन, जैन धर्म एवम् दर्शन, किरात धर्म एवम् दर्शन, शिख धर्म एवम् दर्शन, कन्फुसियस दर्शन, ताओ दर्शन आदिको प्रभावले पूर्वीय चिन्तन परम्परा बनेको छ पूर्वीय चिन्तन परम्परामा मानव जीवनमा चरित्रलाई निकै महत्त्व दिइन्छ । मानवको चरित्र निर्माणमा धर्म, संस्कार, संस्कृति, सामाजिकीकरण, शिक्षा, कला, सिप आदिको प्रत्यक्ष प्रभाव पर्छ ।
२. पाश्चात्य चिन्तन परम्परा भन्नाले के बुझिन्छ ?
उत्तर :पाश्चात्य चिन्तन परम्पराको मूल स्रोत पाचीन ग्रिस हो । ग्रिसका दार्शनिकहरु सोक्रेट्स, प्लेटो र एरिस्टोटलका विचारको पाश्चात्य चिन्तनमा प्रभाव वर्तमान युगमा पनि स्पष्ट देख्न सकिन्छ । पाश्चात्य चिन्तन परम्परा मानव सभ्यताको विचार हो । वर्तमान समयमा पूर्वीय चिन्तन परम्पराको विस्तार पश्चिम समाजमा पनि भइरहेको छ भने पाश्चात्य चिन्तन परम्पराको विस्तार प्राच्य पूर्वीय समाजमा पनि भइरहेको छ । प्राच्य र पाश्चात्य चिन्तन परम्पराको समन्वय गरी वैश्विक सामन्जस्य, सहकार्य एवम् शान्ति प्रवर्धन गर्न सकिने विश्वास गरिन्छ ।
३. पूर्वीय चिन्तन परम्परामा नेपालको कस्तो योगदान रहेको छ ?
उत्तर :पूर्वीय दर्शन, धर्म, संस्कार, संस्कृति, सभ्यता, रीतिथिति कला आदिमा आधारित चिन्तन परम्परा पूर्वीय चिन्तन हो । वेदका आधारित अनेकौं सम्प्रदायहरुको समिश्रणबाट आजको स्वरुपमा आइपुगेको हिन्दु धर्म एवम् दर्शन, बौद्ध धर्म एवम् दर्शन, जैन धर्म एवम् दर्शन, किरात धर्म एवम् दर्शन, शिख धर्म एवम् दर्शन , कन्फुसियस दर्शन, ताओ दर्शन आदिको प्रभावले पूर्वीय चिन्तन परम्परा बनेको छ । हाम्रो राष्ट्रिय मौलिक संस्कृतिको मूल आधार जनताको श्रम संघर्ष र राष्ट्रप्रतिको समर्पणको भाव हो । साथै, पूर्वीय दर्शन तथा चिन्तनका सकारात्मक पक्षहरु पनि राष्ट्रिय संस्कृतिको जग हो ।
नेपाली मौलिक सांस्कृतिक पहिचान भनेको विभिन्न वर्ग, क्षेत्र, लिङ्ग र जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, सदाचार, नैतिकता, चाडपर्व, भेषभूषा, रीतिथिति, आचार, विचार, खानपान, कला , शिक्षा, संगीत, साहित्य, श्रम, इतिहास, योग ध्यान, चालचलन, राष्ट्रिय प्रतीक, मनोरञ्जन, राजनीति, प्रकृति, नदी, ताल आदि रक्षा र विकासका पक्ष हुन् । त्यसैले पूर्वीय चिन्तन परम्परामा नेपालको पनि यी क्षेत्रहरुबाट योगदान भएको मानिन्छ ।
समाप्त