एकाइ -२ पाठ -२ सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा
अभ्यास
तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्।
क) चर भनेको के हो ?
उत्तर : चर भनेको अनुसन्धानमा अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु, स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित हुन्छ ।
ख) स्वतन्त्र चर र निर्भर चरका एक एक उदाहरण दिनुहोस् ।
उत्तर : स्वतन्त्र चरको उदाहरण : वर्षा हुनु
निर्भर चरको उदाहरण: धान उत्पादन हुनु
ग) सहसम्बन्धको परिभाषा लेख्नुहोस् ।
उत्तर : सहसम्बन्धलाई अङ्ग्रेजीमा Correlation भनिन्छ । यो अनुसन्धानमा प्रयोग हुने अवधारणा हो । वर्षाको कारणले धान उत्पादन बढ्न वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्दैन । यस्तो सम्बन्धलाई नै सहसम्बन्ध भनिन्छ ।
घ) सहसम्बन्ध र कार्यकारण सम्बन्धबिचको सम्बन्धलाई एक वाक्यमा लेख्नुहोस् ।
उत्तर : यदि एउटा चर वा घटनाका कारण गर्दा अर्को चर वा घटना घट्छ भने त्यस्तो सम्बन्धलाई कार्यकारण सम्बन्ध भनिन्छ ।
ङ) चरको परिभाषा र प्रकारहरूबारे उल्लेख गर्दै टाढाको विद्यालयमा अध्ययनरत आफ्नो कक्षाको साथीलाई एक पत्र लेख्नुहोस् ।
उत्तर :
Available soon
च) सहसम्बन्ध र कार्यकारण सम्बन्धबिच समानता र भिन्नताहरु उल्लेख गरी दुई अनुच्छेद लेख्नुहोस् ।
उत्तर : सहसम्बन्ध र कार्यकारण सम्बन्धबिच केही समानताहरु रहेका छन् । यदि एउटा चर वा घटनाका कारण गर्दा अर्को चर वा घटना घट्छ भने त्यस्तो सम्बन्धलाई कार्यकारण सम्बन्ध भनिन्छ । सहसम्बन्ध र कार्यकारण यी दुवैको अनुसन्धानमा प्रयोग हुने एक किसिमका अवधारणाहरु हुन् । यी दुवै सम्बन्धमा वर्षाको कारणले धान उत्पादित हुने बुझिन्छ तर धानको उत्पादन र किसानको उमेरविच यी सम्बन्धहरु हुँदैनन् ।
त्यस्तैव, सहसम्बन्ध र कार्यकारण सम्बन्धबिच पनि केही भिन्नताहरु रहेका छन् । वर्षाको कारणले धान उत्पादन बढ्न वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्दैन । यस्तो सम्बन्धलाई नै सहसम्बन्ध भनिन्छ भने वर्षा बढी हुँदा धान उत्पादन बढ्छ र वर्षा कम हुँदा घट्छ, यस्तो सम्बन्धलाई कार्यकारण सम्बन्ध भनिन्छ । सबै प्रकारका सहसम्बन्धहरु कार्यकारण सम्बन्ध हुँदैनन् ।
छ) अनुसन्धान कार्यमा सहसम्बन्ध र कार्यकारण सम्बन्धको महत्त्व लेख्नुहोस् ।
उत्तर : अनुसन्धान कार्यमा सहसम्बन्ध र कार्यकारण सम्बन्धको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । अनुसन्धान कार्यमा सहसम्बन्ध र कार्यकारण सम्बन्धको महत्त्वहरु निम्नानुसार छन् :
- अनुसन्धान र अभियोजन गर्ने निकायको सुदृढीकरण, पर्याप्त स्रोत साधनको व्यवस्था हुन्छ ।
- अनुसन्धानको लागि लाग्ने समयवधी कम हुन्छ ।
- अनुसन्धान गर्दा प्राप्त तथ्याङ्क र सूचनालाई विश्लेषण गरेर निष्कर्ष निकाल्न सजिलो हुन्छ ।
- अनुसन्धानकर्ता र अभियोजनकर्तामा अस्पष्टता रहेको हुँदा त्यो अस्पष्टता हटाउनमा सहसम्बन्ध र कार्यकारण सम्बन्धले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।