एकाइ -२ पाठ -४ लेखनकार्यमा अरुको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष (Class -12 Social unit -2 lesson -4 Exercise by Rajiv Ghimire)

Exercise of Class -12 Social Unit -2 lesson -4

एकाइ -२ पाठ -४ लेखनकार्यमा अरुको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष

Class -12 Social unit -2 lesson -4 Exercise by Rajiv Ghimire


अभ्यास


तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्


क) बौद्धिक चोरी भनेको के हो ?

उत्तर : बौद्धिक चोरी भनेको एउटा कपटपूर्ण कार्य हो जहाँ कसैले अरुको काम (रेखाहरु, पाठहरु, अनुच्छेदहरु, चित्रहरु आदि) को नक्कल गर्छ र तिनीहरुलाई आफ्नो दावी गर्छ ।



ख) मानिसहरुले बौद्धिक चोरी गर्नुका कुनै दुई कारणहरु लेख्नुहोस् ।

उत्तर : मानिसहरुले बौद्धिक चोरी गर्नुका कुनै दुई कारणहरु निम्नानुसार छन् : 

- विद्यार्थीहरुले होमवर्क गर्दा शिक्षकहरुले इन्टरनेटको प्रयोग गर्न प्रोत्साहन गर्नु, 

- ज्ञानको सिर्जना नभएका कारण आफ्नो सजिलोका लागि मौलिक लेख खोज्नु ।




ग) जानाजान गरिने बौद्धिक चोरीका कुनै दुई उदाहरण दिनुहोस् ।

उत्तर : जानाजान गरिने बौद्धिक चोरीका उदाहरणहरु निम्नानुसार छन् : 

- अन्य व्यक्तिको लेख रचना सार्नु,

- पुस्तक, लेख रचना तथा विद्युतीय स्रोतबाट बिनाउद्धरण सार्नु । 




घ) बौद्धिक चोरी गर्ने व्यक्तिलाई कस्तो कारबाही हुन्छ ? एक उदाहरण दिनुहोस् ।

उत्तर: बौद्धिक चोरी गर्ने व्यक्तिलाई कसुरको मात्रा अनुसार रु १०००० देखि रु १००००० सम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।




ङ) बौद्धिक चोरी एक अपराध हो । यस भनाइलाई उदाहरणसहित एक अनुच्छेदमा व्याख्या गर्नुहोस् ।

उत्तर : बौद्धिक चोरी भनेको एउटा कपटपूर्ण कार्य हो जहाँ कसैले अरुको काम (रेखाहरु, पाठहरु, अनुच्छेदहरु, चित्रहरु आदि) को नक्कल गर्छ र तिनीहरुलाई आफ्नो दावी गर्छ । यस्ता चोरी गर्नेहरु उनीहरुले प्रयोग गरेको सामग्रीको स्रोत उल्लेख गर्दैनन् यस्तो चोरी बौद्धिक सम्पत्ति अधिकारको उल्लङ्घन हो। इन्टरनेटमा सामग्रीको व्यापक उपलब्धताको कारण मानिसहरु जानाजानी वा अन्जानमा यस्ता गलत कार्यहरु गर्छन् ।


अरुको विचारलाई आफ्नो विचार बनाउनु र सन्दर्भ नदेखाउनु, मौलिक व्यक्तिको पहिचान नखुलाउनु र मौलिक व्यक्तिको पहिचान नखुल्नुनै बौद्धिक चोरीको प्रमुख कारण हो । अरुको भनाइलाई केही शब्द मात्रै परिवर्तन गरी हुबहु उतार गर्नु र आफ्नो बनाउनु । यस्ता कार्यहरुले गर्दा सबैलाई असर पर्ने गरेको छ । व्यस्त मान्छेले गर्ने भाषण अर्कैले बनाइदिदा पनि यो समस्या देखा परेको छ । यस्तो बौद्धिक चोरीले न त चोरी गर्नेलाई फाइदा पुग्छ न त नयाँ ज्ञानको सिर्जना नै हुन्छ । अत: बौद्धिक चोरी एक गैरकानुनी काम हो । त्यसैले बौद्धिक चोरी एक अपराध हो भन्ने कुराको पुष्टि हुन्छ ।





च) बौद्धिक चोरीबाट बच्ने कुनै पाँच उपायहरु उल्लेख गर्नुहोस् ।

उत्तर : बौद्धिक चोरी भनेको एउटा कपटपूर्ण कार्य हो जहाँ कसैले अरुको काम (रेखाहरु, पाठहरु, अनुच्छेदहरु, चित्रहरु आदि) को नक्कल गर्छ र तिनीहरुलाई आफ्नो दावी गर्छ । बौद्धिक चोरीबाट बच्ने पाँच उपायहरु निम्नानुसार छन् :


- जुन लेख, किताब, इन्टरनेट वा लेखक, प्रकाशनबाट आफूले सूचना वा तथ्याङ्क लिएको हो त्यसको स्रोत उल्लेख गरियो भने त्यसलाई बौद्धिक चोरी मानिँदैन । त्यसैले उपयुक्त तरिकाले स्रोत उल्लेख गर्नुपर्छ ।

- आफुले तयार गरेको प्रस्तावना, प्रतिवेदन वा लेख आफ्ना गुरु वा अन्य जानकारहरुलाई पढ्न दिएर उनीहरुको सुझावअनुसार सच्याएर मात्र विद्यालय वा कलेजमा बुझाउनुपर्छ । त्यसो गर्दा बौद्धिक चोरी हुने सम्भावना कम हुन्छ ।

- कुनै स्रोतबाट सूचना लिँदा उनीहरुको भनाइ जस्ताको तस्तै राख्ने हो भने त्यसलाई उद्धरण चिह्न " - प्रयोग गरी उपयुक्त तरिकाले स्रोत उल्लेख गर्नुपर्छ । यसो गर्दा बौद्धिक चोरी मानिँदैन । 11

- अरुको भनाइ वा सूचना प्रयोग गर्दा सधैँ उद्धरण चिह्न प्रयोग गर्नु राम्रो मानिँदैन । त्यसैले त्यस्ता कुराहरुको - मुख्य कुरालाई आफ्नै शब्दमा पुनर्लेखन गर्न सकिन्छ ।

- आफ्नो लेख, प्रस्तावना वा प्रतिवेदनको अन्तमा सन्दर्भ सामग्रीहरुको सूची उल्लेख गर्नुपर्छ






समाप्त


© Rajiv Ghimire. All rights reserved. Distributed by ASThemesWorld