एकाइ -२ पाठ -५ सामाजिक अध्ययनका लागि समस्या निर्माण र अध्ययन विधि चयन (Class -12 Social unit -2 lesson -5 Exercise by Rajiv Ghimire)

Exercise of Class -12 Social Unit -2 lesson -5

एकाइ -२ पाठ -५ सामाजिक अध्ययनका लागि समस्या निर्माण र अध्ययन विधि चयन

Class -12 Social unit -2 lesson -5 Exercise by Rajiv Ghimire


अभ्यास


तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्


क) समस्या पहिचान भनेको के हो ?

उत्तर : कुनै पनि सामाजिक समस्या, सामाजिक घटना वा अध्ययन गर्न आवश्यक र उपयुक्त कुनै अवधारणा पहिचान गर्नु नै समस्या पहिचान हो ।


ख) समस्या पहिचान गर्दा के के कुरामा ध्यान पुऱ्याउनुपर्छ ?

उत्तर : समस्या पहिचान गर्दा पहिलो कुरा अनुसन्धान गर्ने समस्या बिल्कुलै नयाँ हुनुपर्छ । अरु कसैले पहिले नै गरेको कार्य हुबहु दोहोरिनु हुँदैन । र दोस्रो कुरा त्यस अनुसन्धानबाट नयाँ ज्ञान प्राप्त हुनुपर्छ र उक्त ज्ञान समाजलाई उपयोगी हुनुपर्छ ।


ग) परिमाणात्मक अध्ययन पद्धति भनेको कस्तो विधि हो ?

उत्तर : परिमाणात्मक अध्ययन पद्धति भनेको प्राप्ताङ्क, तौल, उमेर आदि सङ्ख्यामा सूचनाहरु सङ्कलन हुने र विश्लेषण गर्दा तथ्याङ्क कशास्त्रीय विधिहरु प्रयोग गरिने अनुसन्धान विधि हो ।


घ) क्षेत्र अवलोकन भनेको कस्तो विधि हो ?

उत्तर : क्षेत्र अवलोकन भनेको अवलोकन कुनै व्यक्ति, संस्था वा प्रक्रियालाई लामो समयसम्म हेरेर तथ्याङ्क सङ्कलन गर्ने एक प्रकारको सहज र सरल विधि हो ।




(ङ) अन्तर्वार्ता विधि प्रयोग गर्दा ध्यान दिनुपर्ने पक्षहरू चर्चा गर्नुहोस् ।

उत्तर :



Available soon





) तपाईंको विद्यालय वा समुदायमा अनुसन्धान गर्न सकिने कुनै दुई समस्याहरु पहिचान गर्नुहोस् । ती समस्याहरु किन अनुसन्धान गर्न आवश्यक र उपयुक्त छन् ? कारण दिनुहोस् ।

उत्तर : मेरो विद्यालयमा अनुसन्धान गर्न सकिने कुनै दुई समस्याहरु यसप्रकार छन् :

- खानेपानी प्रदूषित हुनु 

- विद्यालय वरिपरिको वातावरण फोहोर हुनु ।


खानेपानी प्रदूषित समस्याको अनुसन्धान गर्न एकदमै आवश्यक छ किनभने मानिसलाई स्वस्थ्य रहन सबैभन्दा बढी आवश्यक हुने भनेको खानेपानी नै हो। पिउन, पकाउन, कपडा धुन अन्य थुप्रै कामहरु दैनिक काम गर्न हरेक मानिसलाई पानी नै चाहिन्छ । विद्यालयमा सबै विद्यार्थीहरु, गुरुहरु, साना केटाकेटीहरु सबैलाई सफा पानी पिउन पाए स्वस्थ रहन्छन् । विद्यालयप्रति कुनै किसिमको नराम्रो दबाब पनि आउने छैन । प्रदूषित पानीले गर्दा विभिन्न किसिमका शारीरिक रोगहरु पनि लाग्न सक्छ । स्वस्थ पानी पिउन पाउनु सबैको अधिकार हो । त्यसैले विभिन्न रोगहरुबाट बच्न र बचाउन हामी सबैले स्वच्छ पानीको पिउनु पर्छ । प्रदूषित पानीका कारण यस्ता विभिन्न समस्याहरु नसताओस् भनेर हामीले यस समस्यालाई अनुसन्धान गर्न आवश्यक छ ।


त्यस्तै फोहोर हुनु समस्याको बारेमा पनि अनुसन्धान गर्न आवश्यक छ फोहोर कारण

वरिपरिको वातावरण पनि दुर्गन्धित हुँदै जान्छ । विद्यालयमा पढ्न आउने सबैलाई फोहोरको कारण विभिन्न किसिमका रोगहरुबाट ग्रसित हुनुपर्छ । विद्यार्थीहरु पढ्न नआउने वातावरण पनि सिर्जना हुन सक्छ । त्यही फोहोर कै कारण पानी, खानेकुरा पनि पदूषित बन्न सक्छ । त्यसैले हामी बस्ने, पढ्ने, काम गर्ने होस् अन्य जुनसुकै ठाउँ पनि सफा हुन एकदमै जरुरी छ । यसको लागि फोहोरमैला उचित व्यवस्थापन हुन आवश्यक छ । यही कारणले गर्दा यस समस्यालाई अनुसन्धान गर्न आवश्यक छ ।




) परिणात्मक, गुणात्मक र मिश्रित अध्ययन पद्धति बिच के फरक छ ? एउटा तालिकामा देखाउनुहोस् ।

उत्तर : प्राप्ताङ्क, तौल, उमेर आदि सङ्ख्यामा सूचनाहरु सङ्कलन हुने र विश्लेषण गर्दा तथ्याङ्क शास्त्रीय विधिहरु प्रयोग गरिने अनुसन्धान विधिलाई परिणात्मक अध्ययन पद्धति भनिन्छ ।


यदि मानिसका भावना, विचार, व्यवहार जस्ता कुराहरुका सूचनाहरु लिने हो भने ती सूचना सङ्ख्यामा उल्लेख गर्न सकिन्न । यस्तो खाले अनुसन्धान गर्ने पद्धति चाहिँ गुणात्मक अध्ययन पद्धति हो ।


परिणात्मक अध्ययन पद्धति र गुणात्मक अध्ययन पद्धति गरी दुवै विधि प्रयोग गर्ने हो भने

त्यसलाई मिश्रित अध्ययन पद्धति भनिन्छ ।




समाप्त


© Rajiv Ghimire. All rights reserved. Distributed by ASThemesWorld