एकाइ -२ पाठ -६ सामाजिक तथ्याङ्क र सूचना सङ्कलनका विधि र साधनहरु (Class -12 Social unit -2 lesson -6 Exercise by Rajiv Ghimire )

Exercise of Class -12 Social Unit -2 lesson -6

एकाइ -२  पाठ -६ सामाजिक तथ्याङ्क र सूचना सङ्कलनका विधि र साधनहरु

Class -12 Social unit -2 lesson -6 Exercise by Rajiv Ghimire


अभ्यास


तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्

क) तथ्याङ्क सङ्कलन विधि भनेको के हो ?

उत्तर : खोज वा अनुसन्धानका प्रश्नहरुको समाधान गर्नका लागि सान्दर्भिक विशिष्ट जानकारी प्राप्त गर्ने एक व्यवस्थित प्रक्रिया नै तथ्याङ्क सङ्कलन विधि हो ।


ख) प्रश्नावली किन सबैभन्दा प्रचलित साधन हो ?

उत्तर : प्रश्नावली साधनबाट धेरै व्यक्तिहरुबाट कम समय र स्रोतसधन प्रयोग गरी तथ्याङ्क सङ्कलन गर्न सकिने भएकाले प्रश्नावली सबैभन्दा प्रचलित साधन हो ।


ग) अन्तर्वार्ता मार्गदर्शन भनेको के हो ?

उत्तर : अन्तर्वार्ताकारले उत्तरदातालाई सोध्ने प्रश्नहरु वा सोसम्बन्धी टिपोटलाई नै अन्तर्वाता मार्गदर्शन भनिन्छ ।


घ) भिडियो अनुप्रयोगलाई तथ्याङ्क सङ्कलनमा कसरी प्रयोग गर्न सकिन्छ ? एक उदाहरण दिनुहोस् । 

उत्तर : भिडियो अनुप्रयोगलाई अनलाइन सभासम्मेलन गर्न, अनलाइन कक्षा सञ्चालन गर्न जस्ता

औपचारिक तथा समूहमा कुराकानी गर्न जस्ता अनौपचारिक कार्यहरु गरेर यसलाई तथ्याङ्क सङ्कलनमा प्रयोग गर्न सकिन्छ जस्तै ZOOM, GOOGLE MEET आदि ।




ङ) सामाजिक अध्ययन विषयमा तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्न सकिने कुनै चारओटा साधनहरुको नाम लेखि कुनै दुईको छोटो परिचय दिनुहोस् ।

उत्तर : सामाजिक अध्ययन विषयमा तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्न सकिने चारओटा साधनहरु यसप्रकार छन् :

क) प्रश्नावली

ख) अन्तर्वार्ता मार्गदर्शन

ग) अवलोकन मार्गदर्शन

घ) रुजुसूची


यी मध्ये दुईको छोटो परिचय :

क) अवलोकन मार्गदर्शन:

अवलोकन गर्ने कुराहरु उल्लेख गरिएको टिपोट वा फारम तयार गरेर अवलोकन मार्गदर्शन तयार गरिन्छ । यसका लागि रुजुसूची पनि प्रयोग गर्न सकिन्छ ।


ख) रुजुसूची :

यसमा आवश्यक सूचनाहरुबारे हो/होइन व छ/छैन वा अन्य विभिन्न विकल्पहरु पहिले नै तयार गरेर अवलोकन गरिन्छ ।


च) अध्ययन अनुसन्धानका लागि तथ्याङ्क सङ्कलन गर्ने विधि वा साधनहरु छनोट गर्दा के के कुराहरुमा ध्यान दिनुपर्छ ? पाँच बुँदामा लेख्नुहोस् ।

उत्तर : अध्ययन अनुसन्धानका लागि तथ्याङ्क सङ्कलन गर्ने विधि वा साधनहरु छनोट गर्दा निम्नानुसारका कुराहरुमा ध्यान दिनुपर्छ :


- अनुसन्धानको प्रकार कस्तो छ भन्ने कुरामा ख्याल राख्नुपर्छ ।

- अनुसन्धानकर्ताको आवश्यकतामा ध्यान दिनुपर्छ ।

- अनुसन्धानको उद्देश र दक्षतालाई ख्याल राख्नुपर्छ ।

- तथ्याङ्कका प्रकारको बारेमा ध्यान दिनुपर्छ ।

- स्रोत र साधनको उपलब्धतालाई ध्यानमा राखेर छनोट गर्नुपर्छ । 





समाप्त




© Rajiv Ghimire. All rights reserved. Distributed by ASThemesWorld