एकाइ -२ पाठ -७ तथ्याङ्क तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण
अभ्यास
तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्।
क) तथ्याङ्क तयारी भनेको के हो ?
उत्तर : तथ्याङ्कलाई सफाइ तथा व्यवस्थित गरी अर्को चरणका लागि तयार पारिने विधिलाई नै तथ्याङ्क तयारी भनिन्छ । यसमा अनावश्यक तथा त्रुटियुक्त तथ्याङ्कलाई हटाइन्छ । त्यस्तै शङ्कास्पद तथ्याङ्कलाई पुनर्पुष्टि गरिन्छ ।
ख) तथ्याङ्क विश्लेषण चरणलाई किन सबैभन्दा महत्त्वपूर्ण चरण भनिएको हो ?
उत्तर : तथ्याङ्क प्रशोधनबाट आएका नतिजाहरुको विश्लेषण गरी त्यसको अर्थ निकाल्ने कार्य र त्यही अर्थका आधारमा अनुसन्धान समस्या वा प्रश्नहरुको जवाफ निकाल्ने कार्य गरिने भएकाले तथ्याङ्क विश्लेषण चरणलाई सबैभन्दा महत्त्वपूर्ण चरण भनिएको हो ।
ग) कुनै दुई गुणात्मक तथ्याङ्क प्रशोधन गर्ने कम्युटर सफ्टवेयरको नाम उल्लेख गर्नुहोस् ।
उत्तर : दुई गुणात्मक तथ्याङ्क प्रशोधन गर्ने कम्युटर सफ्टवेयर : Microsoft Excel, Google Sheets
घ) शाब्दिक प्रस्तुतीकरण भनेको के हो ?
उत्तर : जानकारीलाई शब्द, वाक्य तथा अनुच्छेदमा गरिने प्रस्तुतीकरणलाई शाब्दिक प्रस्तुतीकरण भनिन्छ ।
ङ) तथ्याङ्क सङ्कलनपछि गर्नुपर्ने कार्यहरु अझ महत्त्वपूर्ण हुन्छन् । यस भनाइलाई तर्कसहित पुष्टि गर्नुहोस् ।
उत्तर: खोज वा अनुसन्धानका प्रश्नहरुको समाधान गर्नका लागि सान्दर्भिक विशिष्ट जानकारी प्राप्त गर्ने एक व्यवस्थित प्रक्रिया नै तथ्याङ्क सङ्कलन हो अनुसन्धान वा खोजका क्रममा सूचना तथा तथ्याङ्क सङ्कलन गरेर मात्रै पुग्दैन । त्यसका लागि अरु कार्यहरु गर्न अझ बढी महत्त्वपूर्ण हुन्छ ।
तथ्याङ्क सङ्कलन पछि पनि विभिन्न कार्यहरु गर्न जरुरी हुन्छ । सङ्कलन गरिएका सूचना तथा तथ्याङ्क सबै आफ्नो अनुसन्धानमा काम लाग्दैनन् । त्यसैले प्राप्त गरिएका सूचना तथा तथ्याङ्कलाई सर्वप्रथम तयारी गरिन्छ । त्यसपछि प्रशोधन गरिन्छ । प्रशोधनपछि विश्लेषण गरी अनुसन्धान प्रश्नहरुको जवाफ निकालिन्छ । तथ्याङ्क विश्लेषण चरण सबैभन्दा महत्त्वपूर्ण चरण हो । यसमा तथ्याङ्क प्रशोधनबाट आएका नतिजाहरुको विश्लेषण गरी त्यसको अर्थ निकाल्ने कार्य र त्यही अर्थका आधारमा अनुसन्धान समस्या वा प्रश्नहरुको जवाफ निकाल्ने कार्यहरु गरिन्छ । सबैकार्य सकिएपछि तथ्याङ्क भण्डारन गरिन्छ । अन्तमा लक्षित समूहलाई तथ्याङ्कबारे जानकारी दिनका लागि विभिन्न माध्यमबाट प्रस्तुतीकरण गरिन्छ । तथ्याङ्क सङ्कलनले काम अगाडि मात्रै बढाउँछ । त्यसलाई पूरा गर्न अरु कार्यहरु हुन आवश्यक छ ।
अत: यी सबै कुराहरुले गर्दा तथ्याङ्क सङ्कलनपछि गर्नुपर्ने कार्यहरु अझ बढी महत्त्वपूर्ण हुन्छन् भन्ने कुराको पुष्टि हुन्छ ।
च) शाब्दिक प्रस्तुतीकरणलाई प्रभावकारी बनाउने कुनै पाँच उपायहरु उल्लेख गर्नुहोस् ।
उत्तर : जानकारीलाई शब्द, वाक्य तथा अनुच्छेदमा गरिने प्रस्तुतीकरणलाई शाब्दिक प्रस्तुतीकरण भनिन्छ ।
यस प्रस्तुतीकरणलाई प्रभावकरी बनाउन गरिने पाँच उपायहरुँ निम्नानुसार छन्ः
- लेखकको आफ्ना भावन तथा पक्षधरता देखाउने शब्द वा भाषा प्रयोग नगर्ने, -
- धेरै लामो व्याख्या वा वर्णनले पाठकलाई मुख्य कुरा बुझ्न कठिन पार्नसक्ने भएकले सकभर सटिक व्याख्या गर्ने,
- एउटै बुँदालाई पटक पटक दोहोऱ्याउँदा पाठकलाई दिक्क लाग्दो हुने भएकाले यसो नगर्ने,
- तथ्याङ्क तथा सङ्ख्या र प्रतिशतहरु प्रस्तुत गर्दा गल्ती हुनसक्ने भएकाले तिनीहरुलाई पुनरनवलोकन गरी गल्ती भए सच्याउने,
- विशिष्ट मात्रा नबुझाउने शब्दहरु जस्तै: धेरै अधिकांश, थोरै, कम, सधैंभरि आदिको सट्टामा सङ्ख्या वा प्रतिशत प्रयोग गर्ने ।
छ) चित्रात्मक प्रस्तुतीकरणका कुनै पाँच प्रकारहरु उल्लेख गरी प्रत्येकका एक एक फाइदा उल्लेख गर्नुहोस् ।
उत्तर : जानकारीलाई चित्र, चार्ट, ग्राफ आदि दृश्य माध्यममा गरिने प्रस्तुतीकरणलाई चित्रात्मक
प्रस्तुतीकरण भनिन्छ । चित्रात्मक प्रस्तुतीकरणका पाँच प्रकारहरु र तिनका फाइदा निम्नानुसार छन् :
१. चार्ट :
चार्टले विभिन्न प्रकारका चित्रात्मक प्रस्तुतीकरणलाई समेट्छ
२. ग्राफ :
यसमा परिमाणात्मक तथ्याङ्कलाई देखाइने भएकाले यसमा रेखाको लम्बाइ वा उचाइ, ग्राफको क्षेत्रफलले समेत तथ्याङ्कको परिमाणलाई प्रतिनिधित्व गर्छन् ।
३. तालिका :
उच्च स्तरका तथ्याङ्कशास्त्रीय गणना र विश्लेषण गर्न बनाइएका सफ्टवेयरमा पनि तालिका तयार पार्न सकिन्छ ।
४. फोटो :
ठूलो क्षेत्रफललाई पनि फोटोमा निकालेर सजिलै अध्ययन गर्न सकिन्छ ।
५. नक्सा :
नक्सामार्फत जुनसुकै क्षेत्रको पनि अध्ययन गर्न सक्छौँ ।