एकाइ -२ पाठ -८ तथ्याङ्क प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग (Class -12 Social unit -2 lesson -8 Exercise by Rajiv Ghimire)

Exercise of Class -12 Social Unit -2 lesson -8

एकाइ -२ पाठ -८ तथ्याङ्क प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग

Class -12 Social unit -2 lesson -8 Exercise by Rajiv Ghimire


अभ्यास


तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्


क) माइक्रोसफ्ट एक्सेलको छोटो परिचय दिनुहोस् ।

उत्तर : माइक्रोसफ्ट एक्सेल ( Microsoft Excel) एक स्प्रीडसिट (Spreadsheet) मा आधारित सफ्टवेयर हो यसलाई Windows, macOS, Android and iOS जस्ता अपरेटिङ सिस्टमका लागि Microsoft कम्पनीले विकसित गरेको हो । यसलाई परिमाणात्मक तथ्याङ्क प्रशोधन गर्न र विश्लेषण गर्न प्रयोग गरिन्छ ।




ख) मध्यक भनेको के हो ?

उत्तर : मध्यक ( Mean) भनेको तथ्याङ्कको औसत (Average) हो ।




ग) स्तरीय भिन्नताले के मापन गर्छ ?

उत्तर : स्तरीय भिन्नताले तथ्याङ्कको सेटभित्र तथ्यहरु मध्यकबाट कति टाढा वा नजिक छन् भन्ने मापन गर्छ 1



घ) माइक्रोसफ्ट एक्सेल प्रयोग गरी मध्यिका निकाल्ने तरिका लेख्नुहोस् ।

उत्तर : मध्यिका भनेको परिमाणका आधारमा क्रममा मिलाएको तथ्याङ्कलाई ठिक दुई भागमा विभाजन गर्ने तथ्य हो माइक्रोसफ्ट एक्सेल प्रयोग गरी मध्यिका निकाल्ने तरिका निम्नानुसार छन्:


- आवश्यक भएको Cell मा क्लिक गर्नुहोस् । 

- त्यसपछि बराबर चिह्न (=) टाइप गर्नुहोस् ।

- अब MEDIAN टाइप गर्नुहोस् । त्यसपछि सानो कोष्ठ सुरु गरी तथ्याङ्क भएका Cell हरु select गर्नुहोस् र कोष्ठ बन्द गर्नुहोस् । (यसको सट्टा Formulas Bar मा गएर More functions भित्र गई Statistical मा जानुहोस् । त्यसपछि MEDIAN मा क्लिक गर्नुहोस् ।)

- अब Enter key थिच्नुहोस् । छनोट गरिएको तथ्याङ्कको मध्यिका देखिन्छ ।





ङ) मानिसले आफैँले गणना गर्नुभन्दा कम्युटर सफ्टवेयर प्रयोग गरी तथ्याङ्क प्रशोधन र विश्लेषण गर्दा के के फाइदा हुन्छ ? कम्तीमा पाँच बुँदामा लेख्नुहोस् ।


उत्तर : मानिसले आफैँले गणना गर्नुभन्दा कम्युटर सफ्टवेयर प्रयोग गरी तथ्याङ्क प्रशोधन र विश्लेषण गर्दा हुने फाइदाहरु निम्नानुसार छन् :

- मानिसले गर्न नसक्ने जटिल समस्याहरुको पनि समाधान गर्न सक्ने क्षमता हुनु, - छिटो भन्दा छिटो कुनै कुराको परिक्षण एवम् अनुसन्धान सहजै ढंगले गर्न सक्नु,

- एउटै समयमा थुप्रै कार्यहरु सम्पन्न गर्न सक्ने क्षमता हुनु, - लामो समयसम्म स्मरण र भण्डारन गर्न सक्ने क्षमता हुनु,

- छोटो समयमै प्रभावकारी नतिजा दिन सक्नु ।





समाप्त



© Rajiv Ghimire. All rights reserved. Distributed by ASThemesWorld