एकाइ -२ पाठ -९ शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका (Class -12 Social unit -2 lesson -9 Exercise by Rajiv Ghimire )

Exercise of Class -12 Social Unit -2 lesson -9

एकाइ -२  पाठ -९ शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका

Class -12 Social unit -2 lesson -9 Exercise by Rajiv Ghimire


अभ्यास


तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्


क) प्राविधिक शब्दको छोटो परिचय दिनुहोस् ।

उत्तर : अनुसन्धानको प्रस्तावना तथा प्रतिवेदनमा प्रयोग गरिएका प्राविधिक शब्दहरुको परिभाषा उल्लेख गर्नुपर्छ । यस्ता शब्दहरुको सूचीलाई साहित्य पुनरवलोकनभित्र राख्न सकिन्छ । अन्यथा छोटो रुपको सूचीभन्दा पछाडि राख्नुपर्छ । यसलाई Glossary पनि भनिन्छ ।



ख) पादटिप्पणी तथा अन्त्य टिप्पणीमा के फरक छ ?

उत्तर : कुनै विषयवस्तुबारे थप जानकारी दिन वा प्रतिलिपी अधिकारसम्बन्धी जानकारी दिन पृष्ठको तल दिइने विवरणलाई पादटिप्पणी भनिन्छ भने विषयवस्तुबारे थप जानकारी दिन प्रस्तावना, प्रतिवेदन वा लेखरचनाको अन्तमा दिइने विवरणलाई अन्त्य टिप्पणी भनिन्छ ।



ग) छोटो रुपको सूचीको परिचय दिई यसलाई तयार गर्दा ध्यान दिनुपर्ने कुनै तीन कुराहरु लेख्नुहोस् ।

उत्तर : अनुसन्धानको प्रस्तावना, प्रतिवेदन तथा लेखरचनामा शब्दावलीहरु पटक पटक दोहोरिन्छन् भने तिनीहरुको छोटो रुप प्रयोग गर्ने गरिन्छ । छोटो रुपको प्रयोग गर्दा पहिलो पटक पूरा रुप र त्यसको पछाडि कोष्ठकमा छोटो रुप राखिन्छ । जस्तै : पाठ्यक्रम विकास केन्द्र (पाविके), निर्वाचन आयोग (निआ ) आदि । त्यसपछि भने छोटो रुप मात्र प्रयोग गरिन्छ


छोटो रुपको सूची तयार गर्दा ध्यान दिनुपर्ने कुनै तीन कुराहरु यसप्रकार छन्:


- लामो खालको लेखरचना जस्तै अनुसन्धानको प्रस्तावना, प्रतिवेदन आदिमा छोटो रुपको छुट्टै सूची राख्नुपर्छ । 

- अङ्ग्रेजी तथा नेपाली दुवै भाषामा छोटोरुप प्रयोग गरेको भए पहिला एउटा भाषाको सूची बनाइसकेपछी मात्र अर्को भाषाको छोटो रुपको सूची बनाउनु पर्छ ।

-सूचीमा वर्णानुक्रम अनुसार छोटो रुप र सँगसँगै पुरा रुप उल्लेख गर्नुपर्छ ।




समाप्त




© Rajiv Ghimire. All rights reserved. Distributed by ASThemesWorld