एकाइ -३ पाठ -१ जीवनोपयोगी सिपको ऐतिहासिक पृष्ठभुमि, वर्गीकरण र अभ्यास (Class -12 Social unit -3 lesson -1 Exercise by Rajiv Ghimire)

Exercise of Class -12 Social Unit -3 lesson -1

 

एकाइ ३

जीवनोपयोगी सीप

पाठ -१ जीवनोपयोगी सिपको ऐतिहासिक पृष्ठभुमि, वर्गीकरण र अभ्यास


अभ्यास


तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्



क) जीवनोपयोगी सिप विद्यालय शिक्षा औपचारिक रुपमा कहिलेदेखि सुरु भएको हो?

उत्तर : जीवनोपयोगी सिप विद्यालय शिक्षा औपचारिक रुपमा सन् २००० मा सेनेगलको राजधानी डकारमा भएको हो ।



ख) स्वसचेतना सिपअन्तर्गत पर्ने कुनै दुईवटा जीवनोपयोगी सिपहरु उल्लेख गर्नुहोस् ।

उत्तर : स्वसचेतना सिपअन्तर्गत पर्ने कुनै दुईवटा जीवनोपयोगी सिपहरु :
- तनाव व्यवस्थापन
- सकारात्मक सोच



ग) समस्या समाधान सिप जीवनोपयोगी सिपको कुन समूहमा पर्छ?

उत्तर : समस्या समाधान सिप जीवनोपयोगी सिपको सोचाइ सिपको समूहमा पर्छ।



घ) विश्व स्वास्थ्य सङ्गठनका अनुसार जीवनोपयोगी सिपहरुलाई कति समूहमा वर्गीकरण गरिएको छ? छोटकरीमा उल्लेख गरी कुनै एक समूहमा पर्ने सिपहरुको सूची बनाउनुहोस् ।


उत्तर : विश्व स्वास्थ्य सङ्गठनले गरेको जीवनोपयोगी सिपहरुलाई आत्मबोध सिपहरु, अन्तरवैयक्तिक सिपहरु र सोचाइ सिपहरु गरी तीन समूहमा विभाजन गरेको छ।

- आत्मबोध सिप :
आत्मबोध सिपहरुमा व्यक्तिले आफ्नो जीवनलाई व्यवस्थित बनाउन चाहिने सिपहरु पर्छन् । यसम तनाव व्यवस्थापन, संवेगात्मक नियमन, सकारात्मक सोच र आत्मसम्मान गरी चारओटा सिपहरुलाई समावेश गरिएको छ।
- अन्तरवैयक्तिक सिप:
अन्तरवैयक्तिक सिपले समाजमा सफल र सहज जीवन जिउन सक्षम बनाउँछन् । यस समूहमा समानुभूति, श्रवण सिप, अन्तरवैयक्तिक प्रभावकारिता, विवाद परिचालन सम्बन्ध व्यवस्थापन र विश्वस्त सञ्चार गरी छओटा सिपहरु पर्छन् ।
- सोचाइ सिप :
सोचाइ सिपले व्यक्तिलाई आफ्नो दिमागलाई ठिक तरिकाले परिचालन गर्न सघाउँछन् यस समूहमा लक्ष्य निर्धारण, समस्या समाधान, समालोचनात्मक तथा सिर्जनात्मक सोच, कार्यकारी कार्यसम्पादन सिप र उत्थानशीलता गरी छओटा सिपहरु पर्छन् ।



ङ) जीवनोपयोगी सिप सिक्नाले हुने फाइदालाई पाँच बुँदामा उल्लेख गर्नुहोस् ।


उत्तर : जीवनोपयोगी सिप सिक्नाले हुने फाइदाहरु यस प्रकार छन् :

- जीवनोपयोगी सिप सिक्नाले मानिसमा आइपर्ने विभिन्न किसिमका समस्या, तनावहरुको व्यवस्थापन गर्न सक्ने क्षमताको विकास हुन्छ ।
- मानिसमा सकारात्मक सोचको विकास हुन्छ ।
- मानिसमा एकअर्काबिच सबैमा सम्बन्धमा, सोच र व्यवहारमा परिवर्तन ल्याउँछ ।
- मानिसलाई आफ्नो लक्षबाट विचलित बनाउँदैन र सिर्जनात्मक सोचको विकास गर्छ ।
- जीवनोपयोगी सिप सिक्नाले सफल र खुशी जीवन बिताउनमा सहयोग पुऱ्याउँछ ।



समाप्त



Keywords list :


class 12 social studies notes
class 12 social studies notes in nepali
class 12 social studies guide
class 12 social studies unit 3 exercise
class 12 social studies
unit 3 chapter 1 exercise

class 12 social unit 3 chapter 1 question answer


© Rajiv Ghimire. All rights reserved. Distributed by ASThemesWorld