एकाइ -३ पाठ -३ सिर्जनात्मक चिन्तन (Class -12 Social unit -3 lesson -3 Exercise by Rajiv Ghimire)

Exercise of Class -12 Social Unit -3 lesson -3

एकाइ -३ पाठ -३ सिर्जनात्मक चिन्तन

अभ्यास


तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्


क) सिर्जनात्मक चिन्तन भनेको के हो ?

उत्तर : कुनै पनि परिस्थिति वा परिदृश्यमा नयाँ विकल्पहरु सोच्नु र त्यसलाई वास्तविकतामा बदल्नु नै सिर्जनात्मक चिन्तन हो।




ख) सिर्जनात्मक चिन्तन गर्ने व्यक्तिसँग हुने कुनै दुई विशेषताहरु लेख्नुहोस् ।

उत्तर : सिर्जनात्मक चिन्तन गर्ने व्यक्तिसँग हुने कुनै दुई विशेषताहरु: 

- जिज्ञासु र खुलापनलाई बढावा दिन्छ । 

- एउटै कामलाई पनि फरक सोच, ढङ्ग र तरिकाबाट गर्न मदत गर्छ ।




ग) सिर्जनात्मक चिन्तनको तयारी चरणमा के गरिन्छ ?

उत्तर: सिर्जनात्मक चिन्तनको तयारी चरणमा आवश्यक सामग्री व्यवस्था गरिन्छ । त्यस्तै अनुसन्धान, मस्तिष्क मन्थन आदि गरेर आफूलाई लागेका सबै विकल्पहरु विचार गरिन्छ । अन्तमा आफ्नो ज्ञान र अनुभवका आधारमा एउटा योजना तयार गरिन्छ ।




घ) सिर्जनात्मक चिन्तनको अभ्यास गर्दा हुने एक फाइदा लेख्नुहोस् ।

उत्तर: सिर्जनात्मक चिन्तनको अभ्यास गर्दा हुने एक फाइदा :

- समस्याहरुको बहुआयामिक समाधान पत्ता लगाउन सहयोग गर्छ ।




ङ) सिर्जनात्मक चिन्तनका कुनै पाँच विशेषताहरुको सूची बनाउनुहोस् ।

उत्तर : कुनै पनि परिस्थिति वा परिदृश्यमा नयाँ विकल्पहरु सोच्नु र त्यसलाई वास्तविकतामा बदल्नु नै सिर्जनात्मक चिन्तन हो । यसका विशेषताहरु निम्नानुसार छन् :


-जिज्ञासु र खुलापनलाई बढावा दिन्छ । 

- सोचाइ र चिन्तनमा विविधता ल्याउँछ ।

- व्यक्तिको जोखिम वहन गर्ने क्षमता वृद्धि गर्छ । 

- व्यक्तिलाई आफ्नो सिर्जनामा रमाउने वातावरण तयार गर्छ ।

- एउटै कामलाई पनि फरक सोच, ढङ्ग र तरिकाबाट गर्न मदत गर्छ ।




च) सिर्जनात्मक चिन्तन प्रक्रियाका पाँच चरणको छोटो परिचय दिनुहोस् ।

उत्तर : सबै सिर्जनात्मक चिन्तन भएका मानिसका आआफ्नै सोच्ने तरिका र प्रक्रियाहरु हुन्छन् । सिर्जनात्मक चिन्तन प्रक्रिया पाँच चरणमा विभजित छन् ।


१. तयारी चरण :

यस चरणमा आवश्यक सामग्री व्यवस्था गरिन्छ । त्यस्तै अनुसन्धान, मस्तिष्क मन्थन आदि गरेर आफूलाई लागेका सबै विकल्पहरु विचार गरिन्छ । अन्तमा आफ्नो ज्ञान र अनुभवका आधारमा एउटा योजना तयार गरिन्छ ।


२. विकास चरण :

कुनै सिर्जनात्मक यात्राको तयारी सकेपछि केही समय त्यो योजनालाई परिपक्व हुन समय दिइन्छ । यस समयमा सिर्जनाकार अर्कै काम गर्दै समय विताउँछ। यसै बिचमा त्यो योजना सिर्जनाकारको दिमागमा विकास भइरहेको हुन्छ ।


३. प्रदीप्ति चरण :

यस चरणलाई अन्तर्दृष्टि चरण पनि भनिन्छ । सिर्जनाकारको दिमागमा आश्चर्यजनक रुपमा एकाएक नवीन विचार आउँछ । तयार गरेको योजना र समस्या समाधानबिचको

सम्बन्ध स्पष्ट हुन्छ ।


४. मूल्याङ्कन चरण :

यस चरणमा उपलब्ध ज्ञान र अनुभवका आधारमा योजनाअनुसारको नवीन विचारले काम गर्छ वा गर्दैन भनेर मूल्याङ्कन वा अनुसन्धान गरिन्छ ।


५. प्रमाणीकरण चरण :

यस चरणमा निकै कडा परिश्रम गरी नवीन विचारलाई अन्तिम रुप दिइन्छ । सिर्जनाकारको दिमागमा भएको सिर्जनाले वास्तविक रुपमा प्रकट हुने मौका पाउँछ । सिर्जित वस्तु, विचार वा अवधारणालाई अन्य व्यक्तिहरु समक्ष पेस गरिन्छ ।




(छ) सिर्जनात्मक चिन्तन विकास गर्नका लागि अपनाउन सकिने उपाय उल्लेख गर्दै आफ्ना भाइ वा बहिनीलाई एउटा पत्र लेख्नुहोस्।





Available soon






समाप्त




© Rajiv Ghimire. All rights reserved. Distributed by ASThemesWorld