एकाइ -३ पाठ -४ समानुभूति (Class -12 Social unit -3 lesson -4 Exercise by Rajiv Ghimire)

Exercise of Class -12 Social Unit -3 lesson -4

एकाइ -३ पाठ -४ समानुभूति 


अभ्यास


तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्

क) समानुभूतिको अर्थ के हो ?

उत्तर : समानुभूति भन्नाले अरुले भोगिरहेका संवेगात्मक अनुभवलाई पहिचान गर्ने, बुझ्ने र सो महसुस गरी आफूले पनि त्यस्तै संवेगात्मक अनुभव वा अनुभूति गर्ने क्षमता बुझिन्छ।




ख) समानुभूतिको सिपको कुनै दुई फाइदा लेख्नुहोस् ।

उत्तर : समानुभूतिको सिपका दुई फाइदाहरु निम्नानुसार छन् :

- समानुभूति सिप भएका मानिस बाल्यकाल तथा वयस्क दुवै अवस्थामा समाजमा मिलनसार हुने भएकाले साथीहरुबिचमा तथा समाजमा सबैको प्रिय हुन्छन्

-परिवारका सदस्यहरु तथा दाम्पत्तिबिच एक आपसमा समानुभूति भएमा वैवाहिक जीवन सुखी र सफल हुन्छ ।




ग) संज्ञानात्मक समानुभूतिका कुनै दुई उदाहरण दिनुहोस् ।

उत्तर: संज्ञानात्मक समानुभूतिका दुई उदाहरण :

- अनुहार हेरेर खुशी छ कि दु:खी छ थाहा पाउनु, 

- संवेगात्मक अनुभवलाई बुझ्ने क्षमता हुनु ।




घ) समानुभूतिका कुनै दुई तत्त्व उल्लेख गर्नुहोस् ।

उत्तर : समानुभूतिका कुनै दुई तत्त्वहरु:

- अरुलाइ बुझ्नु, 

- अरुलाई विकसित पार्नु




ङ) समानुभूतिका तत्त्वको सूची बनाई कुनै दुईको परिचय दिनुहोस् ।

उत्तर : समानुभूतिका मुख्य पाँच तत्त्वहरु छन् जो यसप्रकार रहेका छन्


१. अरुलाई बुझ्नु

२. अरुलाई विकसित गर्नु

३. सेवाभाव राख्नु

४. विविधताको उपयोग गर्नु

५. राजनीतिक सचेतना


यसमध्ये कुनै दुईको परिचय तल दिइएको छ :

१. अरुलाई बुझ्नु:

अधिकांश मानिसहरुले अरुलाई बुझ्नु नै समानुभूति भन्ने बुझेका छन् यस अवस्थामा मानिसहरुले अरुका कुरा तथा गैरशाब्दिक सञ्चारमा ध्यान दिएर सुन्ने/हेर्ने उनीहरुको

दृष्टिकोण बुझ्ने, त्यसमा आफ्नो संवेदनशीलता देखाउने र उनीहरुको अनुभुति र आवश्यकता अनुसार सहयोग गर्ने कार्यमा सक्षम हुन्छन् ।


२. अरुलाई विकसित पर्नु : 

अरुलाई विकास गर्ने भन्नाले अरुको आवश्यकता र चासो अनुसार कार्य गर्ने र उनीहरुका सम्भाव्यतालाई पूर्ण विकास गर्ने बुझिन्छ । यस्ता सिप भएका मानिसले अरुका कार्यको अनुगमन गरी सहयोग गर्ने, उपलब्धि तथा सक्षमताको प्रशंसा गर्ने आदि गर्छन् ।




च) संवेगात्मक समानुभूति र दयालु समानुभूतिको उदाहरणसहित परिचय दिनुहोस् ।

उत्तर : संवेगात्मक समानुभूति र दयालु समानुभूतिको उदाहरणसहित परिचय:


- संवेगात्मक समानुभूति :

अरुको संवेगात्मक अनुभव देखेर आफूले पनि त्यस्तै अनुभूति गर्नु नै संवेगात्मक समानुभूति हो । यसमा अरुको संवेग जस्तो छ, आफूले पनि त्यस्तै संवेग अनुभव गरिन्छ । जस्तै : सिनेमामा कुनै पात्रले दुःख पाएको देखेर रुनु वा हिरोले भिलेनलाई पिट्दा ताली बजाउनु संवेगात्मक समानुभूति हो ।


- दयालु समानुभूति :

अरुको संवेगात्मक अनुभूति आफूले पनि अनुभव गरेर त्यस अनुभवमा आवश्यकता अनुसार सहयोग वा सहभागी हुनु दयालु समानुभूति हो । जस्तै एउटा स्थानमा बाढी वा पहिरो जाँदा अरु स्थानका मानिसले दुःख अनुभव गरी त्यस स्थानका मानिसलाई सहयोग गर्नु दयालु समानुभूति हो ।




छ) समानुभूति सिप विकास गर्न अवलम्बन गर्न सकिने कुनै पाँच उपाय उल्लेख गर्नुहोस्।


उत्तर : समानुभूति भन्नाले अरुले भोगिरहेका संवेगात्मक अनुभवलाई पहिचान गर्ने, बुझ्ने र सो महसुस गरी आफूले पनि त्यस्तै संवेगात्मक अनुभव वा अनुभूति गर्ने क्षमता बुझिन्छ । समानुभूति सिप विकास गर्न अवलम्बन गर्न सकिने पाँच उपायहरु निम्नानुसार छन् :


- नयाँ नयाँ मानिसहरुसँग अन्तरक्रिया गर्ने, नयाँ नयाँ ठाउँ भ्रमण गर्ने,

- आपनो पक्षधरताले सामाजिक सम्बन्धमा प्रभाव पार्न नदिने प्रयास गर्ने,

- कुराकानी गर्दा अरुलाई सम्मान गर्ने उनीहरुको कुरा सुन्ने र सम्मानपूर्वक आफ्ना विचार सुझाव आदि राख्ने,

- कुनै सामाजिक संस्था वा परियोजनामा सरिक हुने, 

- कथा, उपन्यास समाचारलगायतका साहित्य आदि कुराहरु पढ्ने बानी बसाल्ने ।




समाप्त




© Rajiv Ghimire. All rights reserved. Distributed by ASThemesWorld