एकाइ -३ पाठ -५ आत्मबोध (Class -12 Social unit -3 lesson -5 Exercise by Rajiv Ghimire)

Exercise of Class -12 Social Unit -3 lesson -5

एकाइ -३ पाठ -५ आत्मबोध


अभ्यास


तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्


क) आत्मबोध भनेको के हो ?
उत्तर : आत्मबोध भन्नाले आफैँमा ध्यान दिई आफ्ना विचार, भावना तथा कार्यहरु आफ्ना आन्तरिक मूल्य र मान्यताहरुसँग मिल्दा छन् कि छैनन् मूल्याङ्कन गर्नु भन्ने बुझिन्छ ।




ख) आत्मबोधको महत्त्व दुई बुँदामा लेख्नुहोस् ।

उत्तर : आत्मबोधको महत्त्व यसप्रकार छ :

- व्यक्तिले अरुहरुले हेर्ने दृष्टिकोणबाट आफूलाई हेरेर आफ्ना विचार, भावना र कार्यहरुको उचित मूल्याङ्कन गर्छ 
- साथै आफ्ना संवेगहरुलाई नियन्त्रण गर्न र तिनीहरुलाई आफ्ना मूल्यमान्यतासँग मिल्ने गरी समायोजन गर्न सक्छ




ग) आत्ममूल्याङ्कन भन्नाले के बुझिन्छ, लेख्नुहोस् ।

उत्तर : आफ्ना व्यक्तिगत कार्य र तिनको परिणामलाई व्यवस्थित रुपले अवलोकन र विश्लेषण गरेर तिनलाई मूल्य दिने प्रक्रिया नै आत्ममूल्याङ्कन हो । यो प्राय: औपचारिक रुपमा गरिने भएकाले लिखित रुपमा नै गर्ने चलन छ ।




घ) आत्मबोधका तरिकाहरुबारे छोटकरीमा लेख्नुहोस् ।

उत्तर : व्यक्तिले आफूमा आत्मबोध सिप विकास तथा अभ्यास गर्नाका लागि मुख्य रुपमा निम्नलिखित उपायहरु अपनाउन सकिन्छ :

- ध्यान गर्ने
- लेख्ने
- मनोमापन परीक्षण गर्ने
- विश्वासिलो साथीहरुलाई सोध्ने
- कार्यस्थलमा पुष्ठपोषण लिने ।




ङ) आत्ममूल्याङ्कनको महत्त्व कुनै पाँच बुँदामा लेख्नुहोस् ।

उत्तर : आत्ममूल्याङ्कनको महत्त्वहरु निम्नअनुसार रहेका छन् :

- व्यक्तिलाई आफूलाई मूल्याङ्कन गर्ने व्यक्ति आफैँ आएको अनुभूति गराउन, 
- व्यक्तिको कार्यदक्षतामा सुधार गर्न,
- आफ्नो अनुगमन आफैँ गर्ने भएकाले उच्च मनोबलका साथ कार्य गराउन,
- संस्थाका कर्मचारीबिच एकआपसबाट सिक्ने बानीको विकास गर्न,
- समूहिक कार्यप्रति उत्प्रेरणा जगाउन ।



च) आत्ममूल्याङ्कनले व्यक्तित्व विकासमा कसरी सहयोग पुऱ्याउँछ ?

उत्तर : आफ्ना व्यक्तिगत कार्य र तिनको परिणामलाई व्यवस्थित रुपले अवलोकन र विश्लेषण गरेर तिनलाई मूल्य दिने प्रक्रिया नै आत्ममूल्याङ्कन हो । आत्ममूल्याङ्कन व्यक्तिका लागि आफ् कमीकमजोरी थाहा पाउने तथा तिनलाई सुधार गर्ने महत्त्वपूर्ण अवसर हो । आत्ममूल्याङ्कनले व्यक्तित्व विकासमा व्यक्तिको आत्मविश्वास बाढाएर र स्वतन्त्र चिन्तनको विकास गरेर सहयोग पुऱ्याउँछ । यति मात्रै नभएर आफ्ना कमीकमजोरीहरुप्रति कठोर भएर सत्य पत्ता लगाउन प्रयत्न गर्न सिकाउँछ । आफ्ना कमजोरी अरुले बताउनुभन्दा पहिले आफैँले पत्ता लगाई सुधार गर्न सिकाउँछ । नजानेका काम गर्ने प्रयास गर्दा विफलता हात लाग्न सक्ने भएकाले आवश्यकता अनुसार तालिम र पेसागत सहयोग माग गर्छ ।
अत: यसरी नै आत्ममूल्याङ्कनले व्यक्तित्व विकासमा सहयोग पुऱ्याउँछ ।



समाप्त




© Rajiv Ghimire. All rights reserved. Distributed by ASThemesWorld