एकाइ -३ पाठ -६ संवेग व्यवस्थापन (Class -12 Social unit -3 lesson -6 Exercise by Rajiv Ghimire)

Exercise of Class -12 Social Unit -3 lesson -6

एकाइ -३ पाठ -६ संवेग व्यवस्थापन



अभ्यास


तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्


क) संवेग भन्नाले के बुझिन्छ ?

उत्तर : कुनै वस्तु वा परिस्थितिप्रतिको चेतनायुक्त मानसिक प्रतिक्रिया नै संवेग हो । प्राय : यस्ता मानसिक प्रतिक्रियाका साथमा शरीरका अन्य अङ्गहरु तथा व्यक्तिको व्यवहारमा पनि परिवर्तन आउँछ । सुख, खुशी, उत्साह आदि सकारात्मक संवेगहरु हुन् भने दुःख, पीडा, रिस आदि चुनौतीपूर्ण वा नकारात्मक संवेगहरु हुन् ।





ख) संवेग व्यवस्थापन भनेको के हो ?

उत्तर : सकारात्मक तथा नकारात्मक दुवै प्रकारको संवेगप्रति सचेत रहने तथा तिनलाई रचनात्मक तरिकाले परिचालन गर्ने क्षमतालाई संवेग व्यवस्थापन भनिन्छ । नकारात्मक संवेग ल्याउन सक्ने परिस्थितिप्रति सचेत रहेर तथा त्यस्ता परिस्थितिलाई आउन नदिने प्रयास गर्ने र आइहालेमा त्यस्तो परिस्थितिमा आफ्नो संवेगलाई नियन्त्रण वा समायोजन गरी संवेगलाई सकारात्मक तरिकाले अन्त्य गर्ने गर्नुपर्छ ।





ग) किशोरावस्थामा किन सहपाठी समूह महत्त्वपूर्ण हुन्छ ?

उत्तर : मानव जीवनको बाल्यावस्था र वयस्कावस्थाबिचको एउटा सङ्क्रमणकालीन अवस्थालाई किशोरावस्था भनिन्छ । किशोरावस्थामा सहपाठी समूह महत्त्वपूर्ण हुन्छ किनभने किशोरकिशोरीहरु आफूलाई स्वतन्त्र बनाउन अभिभावकहरुसँग सङ्घर्ष गरिरहने भएकाले अभिभावकसँग भन्दा आफ्ना साथी सहपाठीसँग बढी समय बिताउँछन् । र सकारात्मक प्रकारको सहपाठी सम्बन्धले मात्र किशोरकिशोरीहरुको संवेगात्मक स्वास्थ्य विकास गर्न सहयोग पुऱ्याउँछ । यसैकारण किशोरावस्थामा सहपाठीको भूमिका महत्त्वपूर्ण हुन्छ ।





घ) योगाभ्यासमा के के पर्छन् ?

उत्तर : योगभ्यासमा प्राणायम, आसन र आराम गर्ने तरिका पर्छन् ।






ङ) संवेग व्यवस्थापन गर्ने कुनै पाँचओटा उपाय लेख्नुहोस् ।

उत्तर : संवेग व्यवस्थापन गर्ने पाँचओटा उपायहरु निम्न अनुसार छन् :

- आफूले अनुभूति गरिरहेको संवेग पहिचान गर्ने र त्यसलाई नियन्त्रण गर्ने, 
- कसैले कुनै नराम्रो काम गर्न दवाब दिएमा त्यसलाई सम्मानपूर्ण भाषामा अस्वीकार गर्ने,
- आफूले संवेगात्मक अनुभूति गरिरहेको समयमा पनि आफ्नो लक्ष्य प्राप्तिमा निरन्तर लागिरहने, 
- अरुको संवेगलाई शान्त पार्न उनीहरुसँग समानुभूतिपूर्वक संवाद गर्ने,
- आफ्ना भावनालाई कल्पनामा उड्नबाट रोक्न अति महत्त्वकाङ्क्षा नराख्ने ।






(च) किशोरावस्थामा संवेग नियन्त्रणका लागि योगाभ्यास' शीर्षकमा एक सम्पादकीय तयार पार्नुहोस् ।




Available soon




समाप्त

© Rajiv Ghimire. All rights reserved. Distributed by ASThemesWorld