एकाइ -४ पाठ -१ वर्तमान विश्वका सामाजिक विविधता र विशेषता (Class -12 Social unit -4 lesson -1 Exercise by Rajiv Ghimire)

Exercise of Class -12 Social Unit -4 lesson -1

एकाइ ४
समाजको विकाश र दर्शन


पाठ -१ वर्तमान विश्वका सामाजिक विविधता र विशेषता

अभ्यास


तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्


क) सामाजिक विविधता भन्नाले के बुझिन्छ ? उदाहरणसहित चर्चा गर्नुहोस् ।

उत्तर : समाजमा पनि अनेक जातजाति, भाषा, धर्म एवम् संस्कृति भएका थरी थरीका मानिसहरु सँगसँगै बसेको अवस्थालाई विविधताको अवस्था भनिन्छ । समाजमा रहेको विविधतालाई जनाउन नै 'सामाजिक विविधता' शब्दावली प्रयोग गरिन्छ । सामाजिक विविधताको अवधारणाले समाजमा रहेका विविध जाति, भाषा, धर्म, संस्कृति आदिलाई एउटै संरचनाका विशेष अङ्गका रुपमा चिनाउँछ । त्यस्तो पहिचानले समाजको विविधतापूर्ण स्वरुपलाई उजागर गरी सबै पक्षको समावेशीकरणमा मदत गर्छ । उदाहरणका लागि नेपालीहरु एउटै समाजमा पनि विभिन्न खालका भाषा, संस्कृति, भेषभूषा, धर्म, जाति भएका मानिसहरु मिलेर बसेका छन् । 






ख) वर्तमान विश्व विविधतापूर्ण छ भन्ने तथ्य उदाहरणसहित स्पष्ट पार्नुहोस् ।

उत्तर : सामाजिक विविधता विश्वको स्वाभाविक विशेषता हो । नेपाललाई बहुजातीय, बहुभाषिक
बहुसांस्कृतिक एवम् बहुधार्मिक देश मानिएको छ । विश्वमा धर्म, संस्कृति, भाषा र कलाको
साथसाथै अन्य धेरै आयाममा विविधता रहेको छ । उदाहरणका लागि संसारमा करिब ६ सय ५०
जातीय समुदायहरु रहेका छन् । त्यस्तै ४ हजार ३ सय धार्मिक आस्थाजन्य सम्प्रदायहरु रहेका छन्
। संसारमा करिब ७ हजार १ सय भाषाहरु रहेका छन् । अहिलेको विश्व परिवेश बहुधार्मिक,
बहुसांस्कृतिक, बहुभाषिक एवम् बहुजातीय छ । संसारभरि आन्तरिक तथा अन्तरराष्ट्रिय
बसाइँसराइ भइरहेको छ । रोजगारी, व्यापारी, शिक्षा तथा पर्यटन प्रयोजनका लागि एक ठाउँबाट
अर्को ठाउँमा अल्पकालीन बसोबासका लागि जाने मानिसहरुको संङ्ख्या झन् धेरै छ । यसरी
वर्तमान विश्व विविधतापूर्ण छ भन्ने कुराको पुष्टि हुन्छ ।






ग) सामाजिक विविधतालाई समन्वय गर्नु किन आवश्यक छ ?

उत्तर : विविधताको आवश्यकता जति बढ्छ उति नै विविधताको समन्वयको आवश्यकता पनि बढ्छ । विविधतालाई समन्वय गर्न एवम् सामञ्जस्य स्थापित गर्न नसकिएमा द्वन्द्व बढ्छ । फुटबल प्रतियोगिता हुँदा फरक फरक क्लबका प्रशंसकहरुको द्वन्द्व भयो भने त समस्या पर्छ भने धर्म, संस्कृति, जाति, भाषा, कला, राष्ट्रियता जस्ता कुराहरू द्वन्द्वका बहाना बने भने धेरै जटिल समस्या आइपर्छ । द्वन्द्व व्यवस्थापन र शान्तिको प्रवर्धनका लागि सामाजिक विविधतालाई समन्वय गर्न धेरै आवश्यक छ ।




घ) 'सामाजिक विविधता र एकता' आजको आवश्यकता भन्ने शिर्षक एक लेख तयार पार्नुहोस्।




Available soon






समाप्त
© Rajiv Ghimire. All rights reserved. Distributed by ASThemesWorld